काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रमा व्ययभार थप्दै गरेको पेट्रोलियम आयातलाई न्यूनिकरण गर्न र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्न ‘पेट्रोलमा इथानोल मिश्रण’ गर्ने योजनालाई कानुनी रूपमा कार्यान्वयनमा ल्याएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत् शुक्रबार नेपाल राजपत्रमा ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२’ प्रकाशित गर्दै समिश्रणको बैद्यानिक बाटो खुला गरेको हो ।
यो कदमलाई नेपालको ऊर्जा क्षेत्रमा ‘ब्रेक थ्रु’ को रूपमा हेरिएको छ, जसले एकातिर वैदेशिक मुद्राको सञ्चिति जोगाउनेछ भने अर्कोतिर स्थानीय स्तरमा रोजगारी सिर्जना र कृषि अवशेषको सदुपयोग गर्ने मार्ग प्रशस्त गरेको छ ।
सरकारले जारी गरेको यो आदेशले नेपाललाई ऊर्जामा आत्मनिर्भरतातर्फ लैजाने एउटा बलियो आधार तयार पारेको छ । कृषि अवशेषलाई पूँजीमा बदल्ने र पेट्रोलियम परनिर्भरता घटाउने यो नीति प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा नेपा
आदेशअनुसार इथानोल उत्पादन गर्ने उद्योगले उत्पादन गरेको इथानोल खुला बजारमा बेच्न पाउने छैनन्। उत्पादन भएको इथानोल अनिवार्य रूपमा नेपाल आयल निगम लाई मात्र बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसरी खरिद गरिएको इथानोललाई निगमले पेट्रोलमा मिश्रण गरेर बजारमा वितरण गर्नेछ।लको औद्योगिक र कृषि क्षेत्रमा नयाँ युगको सुरुवात हुने निश्चित छ ।
१० प्रतिशत मिश्रण र गुणस्तरको ग्यारेन्टी
नयाँ व्यवस्था अनुसार, नेपाल आयल निगमले उपलब्ध गराउने पेट्रोलमा अब अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न पाइनेछ ।
यद्यपि, सरकारले आवश्यकता अनुसार यो अनुपातमा हेरफेर गर्न सक्ने अधिकार सुरक्षित राखेको छ । इथानोलको गुणस्तर कायम गर्ने जिम्मेवारी उद्योग र निगम दुवैको हुनेछ, जसको मापदण्ड नेपाल गुणस्तर तथा नापतौल विभागले निर्धारण गर्नेछ ।
उत्पादित इथानोल ‘एन्हाइड्रस’ (पानीको मात्रा नभएको) हुनुपर्ने र प्रत्येक ट्याङ्करको गुणस्तर परीक्षण गरेर मात्र निगमले खरिद गर्ने कडा प्रावधान राखिएको छ ।
कच्चा पदार्थ : खाद्य सुरक्षाको संवेदनशीलता र अवशेषको उपयोग
सरकारले इथानोल उत्पादनका लागि कच्चा पदार्थको वर्गीकरण गर्दा खाद्य सुरक्षालाई विशेष ध्यान दिएको छ । मानिसले खाद्यान्नको रूपमा प्रयोग गर्ने अन्नलाई इथानोल बनाउन प्रयोग गर्न पाइने छैन ।


