CLI

कतारस्थित नेपाली दूतावासको आग्रह : साउदीका विमानस्थल हुँदै अपोइन्टमेन्ट बुक गर्नू

काठमाडौं । कतारमा वैध आवासीय अनुमतिपत्र (कतार आईडी) सहित बसोबास गरिरहेका र साउदी अरबका विमानस्थलहरू हुँदै नेपाल यात्रा गर्न चाहने नेपालीलाई दोहास्थित तासिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसा आवेदनका लागि अपोइन्टमेन्ट बुक गर्न अनुरोध गरिएको छ ।

पश्चिम एसियाको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै दोहास्थित नेपाली राजदूतावासले शनिबार एक विशेष सूचना जारी गर्दै यो जानकारी दिएको हो । दूतावासको अनुरोध–५ अनुसार साउदी अरब हुँदै नेपाल यात्रा गर्नेहरूका लागि आवश्यक पर्ने पर्यटक भिसा आवेदन अब तासिर साउदी भिसा सेवा केन्द्रमार्फत पेस गर्नुपर्नेछ ।

उक्त भिसा सेवा केन्द्र एजदान मल (अल घराफा) मा अवस्थित छ । थप जानकारीका लागि आवेदकहरूले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्नेछन् ।

Leave Your Comment

Related News