CLI

४.४५ अंकले बढ्यो नेप्से,कारोबार रकम भने घट्यो

काठमाडौं । आइतबार नेप्से परिसूचक ४.४५ अंकले बढेको छ । बजार २८२४.९० अंकमा पुगेरा बन्द भएको छ । यस दिन ३५० वटा कम्पनीको सेयर कारोबार भएको छ । १ लाख २४ हाजर ४९० पटक्को कारोबार हुँदा ३ करोड ९५ लाख ४९ हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।  बिहीबारको तुलनमा कारोबार रकम २२ अर्ब २३ लाख रुपैयाँले कम हो । बिहीबार कारोबार रकम १४ अर्ब ५५ करोड १९ लाख रुपैयाव थियो ।

सेन्सेटिभ इण्डेक्स ०.०८ अकं बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.११ अंक बढेको छ ।

यस दिन ९ वटा उप समूह बढेका छन् भने ४ वटा घटेका छन् । बैंकिङ ०.२१ प्रतिशतले,विकास बैंक ०.७४, वित्त ०.२२,जलविद्युत ०.०६, उत्पादन र प्रशोधन ०.१२, लघुवित्त ०.१५, निर्जीवन बीमा ०.१६, अन्य समूह ०.०३ र व्यापार समूह २.८३ प्रतिशतले बढेका छन् । होटल्स तथा पर्यटन समूह ०.६२ प्रतिशत, लगानी ०.५४, जीवन बीमा ०.४६ र म्युअुचल फण्ड ०.२५ प्रतिशतले घटेका छन् ।

यस दिन २ स्टकको सेयर १० प्रतिसतले बढेको छ। सोलु हाइड्रोपावर र सालपा विकास बैंकको १० प्रतिशतले बढेको हो। त्यस्तै, होटल फरेष्ट इनको सेयरमूल्य ९.९३ प्रतिशत बढेको छ भने ग्रीनलाइफ हाइड्रोपावरको ९.५३ प्रतिशत बढेको छ। कारोबारमा आएको दरमखोला हाइड्रो इनर्जीको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको  ८१ करोड १ लाख २१ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ।रिडी पावर कम्पनीको करिब ६७ करोड ९६ लाख  रुपैयाँको सेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम ६२ करोड ५५ लाख रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News