CLI

यी हुन् राप्रपाका ४ समानुपातिक सांसद

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ४ जना समानुपातिक सांसद चयन गरेकोछ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले बैठकले ४ जनाको नाम टुंगो लगाएको हो ।

जहाँ खस आर्य महिला तर्फ खुस्बु ओली,  खस आर्य पुरुष तर्फ भरत गिरी, मुस्लिम पुरुषतर्फ ताहिर अली र जनजाति महिलाबाट सरस्वती लामा रहेका छन् ।

४ समानुपातिक सहित संसदमा राप्रपाका ५ जना सांसद हुने भएका छन् । प्रत्यक्षबाट राप्रपाले जुम्लामा मात्र जितेको थियो जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाहीले जितेका थिए । यसँगै राप्रपाका २ जना महिला र ३ जना पुरुष सांसद हुने भएका हुन् ।

Leave Your Comment

Related News