CLI

एचजेएनबीएल : टाईम्सको तेस्रो जित

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स ईन्टरनेसनल क्लबले तेस्रो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको खेलमा  टाईम्सले सोलो बास्केटबल क्लबलाई ८८-७५ ले पराजित गरेको हो ।

टाईम्सले पहिलो क्वाटरमा २३-१२ र दोस्रो क्वाटरमा २४-१६ को अग्रतासहित हाफ टाईमसम्म ४७-२८ को अग्रता बनाएको थियो । त्यसपछि सोलोले पुनरागमन गर्ने प्रयास गर्पनि सफल भएन । सोलोले तेस्रो क्वाटरमा २३-२० र चाैथो क्वाटरमा २४-२१ को अग्रता बनाएपनि हार टार्न पर्याप्त भएन । टाइम्सका कप्तान सदिश प्रधानले सर्वाधिक २२ अंक स्कोर गरे । सदिश म्यान अफ दि म्याच घोषित भए ।

यस्तै सोमबार राती सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले कीर्तिपुरलाई ९२-७८ ले पराजित गर्दै तेस्रो जित हात पारेको छ । आर्मीले ३१-२३, २८-१०, २२-१९, ११-२६ मो प्रदर्शन गरेको थियो । आर्मीका निश्चल महर्जनले २२ अंक स्कोर गरे । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

Leave Your Comment

Related News