CLI

५४ सयले घट्यो सुनको मूल्य,प्रतितोला कति ?

काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ५ हजार ४ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोलस ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ थियो ।

चाँदी पनि १४० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँ थियो ।

Leave Your Comment

Related News