CLI

सांसदको सपथ चैत १२ गते हुने

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने भएको छ । संघीय संसद सचिवालयले आज सूचना जारी गरी यो जानकारी दिएको हो ।

सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्ष सिंहदरबारमा हुनेछ ।

शपथ ग्रहणमा आउँदा निर्धारित समयभन्दा दुई घण्टा अगावै  उपस्थित हुन भनिएको छ ।

शपथ ग्रहणमा आउँदा सांसदहरुले  सचिवालयले जारी गरेको सूचनामा लेखिएअनुसार निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको भनेर दिएको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपी) र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति ल्याउनुपर्ने छ ।

२०६४ सालमा निर्बाचित ६०१ जना संबिधानसभा सदस्तको बैठक बस्न स्थान अपुग भएकोले गर्दा बिगतमा संसद बैठक अन्तराष्ट्रिय सं्मेलन केन्द्र बानेश्वरा बस्ने गरेको थियो । सो भवब गत भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा जलेपश्चात नव निर्वाचित संसदको बैठक सिंहदरबार परिसराम नबनिर्मित संसद भवनमा बस्नेछ ।

गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद्को निर्वाचनबाट सांसद निर्बाचित भएका हुन । प्रतक्ड तर्फबाट निर्बाचित सांसदलाई निर्बाचन आयोगले नतिजा सार्जनजिक गर्दै प्रमाणपत्र दिएको हो भने समानिपातिको सुचीमा रहेका सांसदलाइ निवाचन आयोगले हिजो चैत ५ गते निर्बाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा निर्बाचित प्रमाणपत्र बितरण गरेको हो ।

निर्बाचित सांसदले चैत १२ मा सपथ लिएसँगै निर्चितमामकरिब २ गतिहाई सिट संख्या सहित निर्बाचित रास्वपाले चैत १३ गते बरिष्ट नेता बालेन्द्र शाहको प्रधामनन्त्रीको सफथ लिने तयारी गरेको छ । रास्वा सरकार निर्माणको आन्तरिक तयारीमा तिब्रताका साथ लागेको छ यसै सिलसिलमा रास्वपाका ४ शीर्ष नेताको भेट हिजो साँझ भएको थियो ।

 

 

 

 

Leave Your Comment

Related News