काठमाडौं । कामना सेवा विकास बैंकले चितवन, भरतपुर स्थित अशोका रेसोर्ट प्रा. लि. तथा होटल अशोका सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएकोप्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण गराहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द« भण्डारी र होटलका प्रबन्ध निर्देशक अशोक अधिकारीले हस्ताक्षर गरेका छन् ।


