काठमाडौं । नेपाल स्टक एक्सेचन्ज (नेप्से) मा हिमालयन पावर पार्टनरको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । यस कम्पनीको ५० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन हुँदा भाउ ३८१.३३ रुपैयाँ कायम भएको छ । सोमबार अन्तिम कारोबार मूल्य ५२२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । कम्पनीको समायोजित मूल्यलाई आधार मानेर मंगलबार कारोबार खुला हुनेछ।
हिमालयन पावर पार्टनरको हकप्रद सेयरमा मूल्य समायोजन


