CLI

बालेन्द्र शाह नेतृत्वको मन्त्रीमण्डलमा ३३ प्रतिशत महिला

काठमाडौं । नवनियुक्त  प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रीपरिषद्मा एक तहाइ महिलाले मन्त्रालयको नेतृत्व गर्ने भएका छन् । राष्ट्रपतिबाट आज नेपाल को संबिधानको धारा ६७ को उपदारा (१ )बमोजिम नियुक्त प्रधानमन्त्रीको १५ सदस्यीय मन्त्री परिसद्मा ५ जना महिला नेतृले नेतृत्व गर्ने अबसर पाएका हुन । उनको मन्त्री परिसद्मा सोविता गौतम, कानुन मन्त्री, प्रतिभा रावल, सामान्य प्रशासन-भूमी, सहकारी तथा गरिबी निवारण, सिता वादी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री , निशा मेहता, स्वास्थ्य तथा जनसंख्या मन्त्री गिता चौधरी, कृषि तथा पशुपंक्षी मन्त्री रहने छन् । नेपालको सविधान अनुरुप मन्त्री परिसद्मा  १ तिहाइ महिलाको उपस्थिति भएको यो पहिलो पटक हो ।

नेपालको संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको उपस्थिति ज्ञारेन्टी गरेको छ । संविधानले ज्ञारेन्टी गरेपनि यस अघिका कुनैपनि सरकारको मन्त्रीपरिषद्मा ३३ प्रतिशत महिलाको उपस्थिति बनेको थिएन ।

Leave Your Comment

Related News