काठमाडौं । वैद्य एनर्जी प्रालिले नेपालमा एथर रिज्टा एस (Ather Rizta S) सार्वजनिक गरेको छ। रिज्टा लाइन–अपअन्तर्गत यो नयाँ मोडेल हो, जसले यसअघि सार्वजनिक भएको रिज्टा जेड Rizta Z को सकारात्मक प्रतिक्रियापछि बजारमा प्रवेश गरेको हो।
कम्पनीले लन्चको अवसरमा पहिलो १५० ग्राहकका लागि २० हजारसम्मको प्रारम्भिक लाभ घोषणा गरेको छ। यसअनुसार स्कुटरको प्रभावकारी मूल्य २ लाख ७४ हजार ९९९ कायम हुने कम्पनीले जनाएको छ। तर, याे मूल्य चैत १३ गतेसम्म बुकिङ गर्ने ग्राहकका लागि मात्रै लागु हुनेछ ।
लन्च कार्यक्रममा वैद्य एनर्जीका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यले रिज्टा एसलाई नेपाली परिवारका लागि लक्षित गर्दै डिजाइन गरिएको बताए। उनले यसको डिजाइन, भरपर्दो प्रदर्शन तथा एथर एसुरेन्स“Ather Assurance” प्याकेजले ग्राहकका मुख्य चिन्तालाई सम्बोधन गर्ने दाबी गरे।
दैनिक प्रयोगका लागि उपयुक्त
रिज्टा एसमा २.७ किलाेवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले १२३ किलोमिटर (IDC) रेंज दिने बताइएको छ।
यस स्कुटरले ४.३ किलाेवाट पावर उत्पादन गर्ने, अधिकतम गति ८० किमी प्रतिघण्टा पुग्ने र ०-४० किमी गति ४.७ सेकेन्डमा लिन सक्ने क्षमता राख्छ। साथै २२ एनएम टर्क उपलब्ध छ।
आरामदायी यात्राका लागि फराकिलो सिट, ठूलो फुटबोर्ड स्पेस र पर्याप्त स्टोरेज सुविधा दिइएको छ। सुरक्षा पक्षमा Auto Hold, Fall Safe र Emergency Stop Signal जस्ता फिचर समावेश गरिएको कम्पनीले जनाएको छ।
एथर एसुरेन्स (Ather Assurance) प्याकेज
- ३ वर्ष वा ३० हजार किमीको ब्याट्री वारेन्टी (५ वर्ष/६० हजार किमीसम्म विस्तारयोग्य)
- नेपालभर ३५ वटा फास्ट चार्जरमार्फत चार्जिङ सुविधा
- १ वर्षसम्म निःशुल्क चार्जिङ सेवा
- सर्भिस सेन्टरमार्फत नियमित मर्मत तथा एमसी मा २०% छुट उपलब्ध गराइएको छ।
मूल्य र बुकिङ
यस स्कुटरको आधिकारिक मूल्य रु २ लाख ९४ हजार ९०० रूपैयाँ तोकिएको छ। प्रारम्भिक अफर अन्तर्गत यो मूल्य घटेर २ लाख ७४ हजार ९९९ मा उपलब्ध हुनेछ।
ग्राहकले ९९९ रूपैयाँ तिरेर बुकिङ गर्न सक्नेछन् भने देशभरका १० वटा Ather Experience Center मार्फत डेलिभरी सुरु भइसकेको कम्पनीले जनाएको छ।


