CLI

हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा

काठमाडौं। सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले राजीनामा दिएका छन्। उनले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन्।

गत २०८१ साल जेठ २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्त भएका भण्डारीले कार्यकाल बाँकी रहँदै ‘परिवर्तित राजनीतिक परिस्थिति’लाई कारण देखाउँदै राजीनामा दिएका हुन्।

राजीनामा पत्रमा भण्डारीले आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन प्रयास गरेको दाबी गरेका छन्। पुरानो मेसिनरी संयन्त्र, प्रविधिगत सीमितता र चरम आर्थिक अभावका बाबजुद पनि उद्योगलाई सञ्चालनमा राख्न सफल भएको बताउँदै उनले हाल उद्योगमा क्लिङ्कर उत्पादन तथा बिक्री प्रक्रिया नियमित भइरहेको बताए।

उनले उद्योगलाई प्रतिस्पर्धी बनाउन आवश्यक पर्ने पुँजीगत तथा चालू खर्च व्यवस्थापनका लागि पटक पटक ऋण तथा अनुदान माग गरे पनि मन्त्रालयबाट कुनै ठोस नीतिगत निर्देशन र आर्थिक व्यवस्थापन नभएको गुनासो गरे।

Leave Your Comment

Related News