CLI

अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन,थुनिनु पर्दैनः अर्थमन्त्री डा.वाग्ले

काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजममा लाइन लाग्न र थुनिनु नपर्ने बताएका छन् । साेमबार नेपाल उद्योग वाणिज्य महासंघकाे प्रतिनिधीहरुसँगकाे भेटघाटमा उनले यस्तो बताएको हाे ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा उनले आफू घुस खान नआएको र कसैलाई खान पनि नदिने भनेका छन्। अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेर देशलाई गति दिन आएको बताउँदै उनले अब सरकार निजी क्षेत्रको अवरोधक नभई वास्तविक सहयात्री बन्ने प्रतिबद्धता जनाए।

विशेषगरी आर्थिक बेइमानीका मुद्दामा उद्योगीहरूलाई थुन्ने परिपाटीको अन्त्य गरी आर्थिक जरिवानाको व्यवस्थातर्फ जान लागेको उनको भनाइ थियो। निजी क्षेत्रलाई निर्धक्क भएर लगानी बढाउन र रोजगारीका अवसरहरू सिर्जना गरी देश निर्माणमा जुट्न आग्रह गर्दै उनले व्यवसायीहरूलाई दुःख दिने नियत सरकारको नरहेको प्रष्ट पारे।

यद्यपि, राज्यले सहयोगी भूमिका खेल्दा निजी क्षेत्रबाट पनि उत्तिकै इमानदारिताको अपेक्षा गरिएको र नियोजित रूपमा बेइमानी गर्नेहरू विरुद्ध सरकार अत्यन्तै निर्मम हुने चेतावनी समेत उनले दिए।

 

Leave Your Comment

Related News