सिद्धार्थ बैंकद्धारा पाँच वर्ष पुरानो लाभांश रकम बुझिलिन आग्रह

काठमाडौं । सिद्धार्थ बैंकले आफना शेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश रकम बुझिलिन आग्रह गरेको छ ।वार्षिक साधारण सभाले निर्णय गरेको मितिले पाँच वर्षको अवधि समाप्त भएपछि पनि शेयरधनीले लाभांश रकम लिन नआएको भन्दै बैंकले उक्त आग्रह गरेको हो ।

बैंकले वार्षिक साधारण सभाले निर्णय गरेको मितिले पाँच वर्षको अवधि समाप्त भएपछि पनि शेयरधनीले बुझि नलिएको लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको जानकारी गराउँदै यस बैकले विभिन्न आर्थिक वर्षमा शेयरधनी महानुभावहरुलाई वितरण गर्ने निर्णय भएको नगद लाभांश रकम हालसम्म पनि बुझि लिन बाँकि रहेकोले शेयरधनी वा नजिकका हकवालाहरुले प्रचलित कानुन बमोजिम आवश्यक प्रमाण सहित यस बैकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लि नारायणचौर नक्सालमा सम्र्पक गर्न आग्रह गरेको छ ।

बैंकले नगद लाभांश बुझ्न बाँकी शेयरधनीहरुको विस्तृत सूची बैकको वेबसाइटमा समेत राखेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार