CLI

जीवन विकास लघुवित्तका दुई जना सेयरधनीको सेयर बिक्रीमा 

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  कम्पनीका संस्थापक सेयरधनी बिसनदेव मण्डल गन्गाईको ८ हजार र निरज पोख्रेलको १२ हजार ४०० कित्ता गरी २० हजार ४०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

कम्पनीले ३५ दिन सूचना प्रकाशित गर्दै विद्यामान संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरेपनि सो अवधि भित्र कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि खुला गरीएको हो । सेयर खरिद गर्ने चाहने जो कोहि पनि आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत २०गते) ले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय कटहरी २ मोरङमा आवेदन दिन सकिनेछ ।

Leave Your Comment

Related News