काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हाल्हेकाेमा अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ ।
प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विदेशमन्त्री पेनी वोङले उनीप्रति बधाई ज्ञापन गरेकी यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।
अष्ट्रेलिया र नेपालबिचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै विदेशमन्त्री वोङले दिएको बधाई सन्देशमा शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न आफू तत्पर रहेको बताइएकाे छ ।


