CLI

वस्तुगत उपाध्यक्षमा श्रेष्ठ र घिमिरे प्रतिस्पर्धा गर्दै

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षका लागि नरेशलाल श्रेष्ठ र शिव प्रसाद घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् । यही २९ र ३० चैतमा हुन लागेको महासंघको साधारणसभा र वस्तुगत उपाध्यक्षका लागि श्रेष्ठ घिमिरे प्रतिस्पर्धा गर्न लागेका हुन् ।

उम्मेदवार श्रेष्ठले आफू वस्तुगत उपाध्यक्षका लागि योग्य रहेको बताएका छन् । श्रेष्ठले आफ्नो टोली सशक्त, समावेशी र जित सुनिश्चित भएको दाबी गर्दै आगामी निर्वाचनमा सबै उम्मेदवार विजयी हुने दाबी गरेका छन् ।

उनले नयाँ सरकार बनेको समयमा महासंघको जिम्मेवारी लिएर महासंघ र उद्योगी एवम व्यवसायीलाई अघि बढाउने विश्वास व्यक्त गरेका छन् । श्रेष्ठले कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, आईटी, घरजग्गा र जलविद्युत् लगायत विविध क्षेत्र समेटेर सन्तुलित र समावेशी टोली तयार गरेका छन् । ‘महासंघको मर्म र जिम्मेवारीलाई नजिकबाट बुझेका छौँ । निजी क्षेत्रका समस्याहरू समाधान गर्न प्रतिबद्ध छौँ,’ उनले भने ।

भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन र सबै क्षेत्रको प्रतिनिधित्व भएकाले घिमिरे आफनो समूहले जित्ने दाबी गर्छन् । उम्मेदवार घिमिरेले सुरक्षित निजी क्षेत्र सशक्त महासंघको अवधारणामा काम गर्ने बताए । उनले साना, ठूला, मझौला सबै व्यवसायीको घाम पानी छेक्ने वास्तविक छाता भएको महासंघ बनाउनेगरि एजेण्डाका काम गर्ने बताए ।‘ म साना मझौला र ठूला उद्योग भन्दिन म सम्पूर्ण उद्योगी र व्यवसायीलाई एकै छातामा राखेर उनीहरुको हित काम गर्ने छु, उनले भने ।

श्रेष्ठको समूहले बिहीबार मनोनयन दर्ता गरेको हो भने घिमिरे समूहले मनोनयन दर्ताको अन्तिम दिन आइतबार मनोनयन दर्ता गराएको हो ।

Leave Your Comment

Related News