काठमाडौं । आजबाट २ दिन सार्वजनिक बिदा सुरु भइको छ । हिजो २०८२ चैत २२ मा बसेको मन्त्री परिषद् बैठकले सरकारी कार्यलय र शैक्षिक सस्थामा सातामा २ दिन शनिबार र आइतबाट बिदा दिने निर्णय गरेर राजपत्रमा प्रकाशित भएसँगै यो ब्यबस्था लागु भएको हो ।
आजदेखि कार्यालय समय भने बिहान १ घन्टा थप भएको छ । आज देखि कार्यलय समय बिहान ९ बजेबाट बेलुका ५ बजे सम्मलाई निर्धारण गरिएको छ । सरकारी कार्यलयमा यो ब्यबस्था लागु भए पनि नीजी क्षेत्रमा संचालित कम्पनी संघ संस्थाले भने सरकारको नयाँ ब्यबस्था अनुसार बिदा सम्बन्धि योजना ल्याई सकेका छैनन्
बैङ्क तथा बित्त संस्थामा भने आजे देखी सातामा २ दिन बिदा र कार्यालय समय बिहान ९ बजे देखि साँझ ५ बजे सम्म लागु गर्न हिजै नियामनीय निकाय नेपाल राष्ट्र बैङ्कले सार्वजनिक सुचना जारी गरिसकेको छ । आजबाट बैङ्किङ समय बिहान ९ बजेबाट बेलुका ५ बजे सम्मलाई निर्धारण भएको छ । माघ १५ देखी कातिक १५ सम्म बिहान ९ बजे देखि ५ बजे सम्म र कार्तिक १६ देखि माघ १५ सम्म बिहान ९ बजे देखि दिउसो ४ बजे सम्मलाई कार्यलय समय निर्धारण भएको हो । शुक्बार भने सरकारी कार्यलय समय बिहान ९ बजेदेखी दिँउसो ४ बजे सम्मको लागि निर्धारण गरिएको छ ।
मध्यपुर्बमा जारी युद्दको कारण इन्धन संकट टार्न यो ब्यबस्था लागु गरिएको नेपाल सरकारका प्रवक्ता ऐव शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री सस्मित पोखरेलले मन्त्री परिषद्को निर्णय सार्जनजिक गर्दै यस्तो बताएका हुन । अन्तराष्टिय रुपमा सार्वजनिक बिदा २ दिन दिने प्रचलन भएपनि नेपालमा भने सार्बजनिक बिदा साता १ पटक र दैनिक ७ घण्टा कार्य चलिरहेको थियो । नेपालमा बिगतमा सातामा २ पटक सार्वजनिक बिदा दिने अभ्यास २ पटक भएको थियो तर त्यो अभ्यास सफल हुनम सकेको थिएन । यो निर्णय उर्जा संकट समाधान नहुन्जेल मात्र काय रहन्छ या यसलाई सरकारले निरन्तरता दिन्छ भन्ने कुरा अझै निर्कोल भएइ सकेको छैन ।


