काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु पहिलो प्राथमिकता रहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री वाग्लले ग्रे लिस्टले अन्तर्राष्ट्रिय बदनामी भएको र लगानीको वातावरणमा नकारात्मक असर परेको बताउँदै यसबाट बाहिर निस्कुन पर्ने बताएका हुन् ।
ग्रे लिष्टबाट बाहिर ल्याने सवालमा कागमजमा मात्रै कुरा गर्ने बाहिर नल्याउने भन्ने परेको छ। हामी अहिले लागू पनि गर्ने चरणमा प्रवेस गरेका हौँ, उनले भने ।
सम्पत्ति शुद्धीकरण लगायतका वित्तीय अपराधमा वर्षौंदेखि भएका अनुसन्धान अकाट्य प्रमाणका आधारमा अघि बढेका केसहरू मा आधारित हुन्। ‘ह्वाइटकल क्राइम’ लाई आर्थिक जरिवानानै गर्ने ध्येय हो। संस्था वा व्यक्ति छानेर दुख दिने हाम्रो कुनै नियत छैन। हामी खुलाबजार अर्थनीति मान्छौ। त्यो भनेको छाडा अर्थतन्त्र होइन, उनले भने ।
न्याय निरूपणको काम अदालतबाट हुने बताउदै उनले भने कसैलाई लक्षित गरेर कारबाही गर्ने होइन, कानुनअनुसार अघि बढाउने मात्र हो। अपराधबाट कसैलाई छुट दिने होइन। तर निजी क्षेत्रलाई धरपकड गर्ने होइन।
सेयर बजारमा त्रास फैलाउने काम भएको छ
सेयर बजारमा त्रास फैलाउने काम भइरहेको बताउदै मन्त्री वाग्लले भने तर सरकारले कुनै धरपकड अभियान चलाएको होइन। साना लगानीकर्तालाई आतंकित पार्ने काम भएको देखिएको छ, जुन उचित होइन। सरकारले साना लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य राखेको छैन।
उनले भने,‘ सेयर बजार नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी छ। पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, कसले किन्यो/बेच्यो भन्ने ट्र्याक गर्न सकिने भएकाले यो प्रणाली विश्वसनीय छ। सेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमूना क्षेत्र को रूपमा लिएको छ। प्रधानमन्त्रीले पनि अन्य क्षेत्रमा पनि स्टक मार्केटको जस्तो डिजिटलाइजेसन गर्न खोज्नु भएको छ।’
स्टक मार्केटमा आएर “सम्पत्ति कहाँबाट ल्यायौरु” भनेर सोध्ने अवस्था छैन। सरकारले धरपकड गर्ने नीति लिएको छैन, मन्त्री वाग्लेले भने ।
उनले यदि कसैले, इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन, अन्य अनैतिक काम गरेको छ भने विद्यमान कानुन अनुसार मात्र कारबाही हुने बताए ।
प्यानिक हुन आवश्यक छैन। आगामी दिनहरूमा सेयर बजार सुधारका लागि पनि काम गरिने मन्त्री वाग्लेको भनाई छ ।
नेप्से पुनर्संरचना प्रतिवेदन अध्ययन गरेर सुधार अघि बढाइने। राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रका बुँदा ३३ र ३४ कार्यान्वयन गर्ने हो। लगानीकर्ताले अध्ययन गरेहुन्छ । सेयरबजारप्रति हामी कति उदार छौँ, मन्त्री वाग्लेले भने ।
अहिले बजार घटेको अवस्थामा अतालिनु आवश्यक छैन, “सुनौला दिन आउँदैछन्”। यो सरकारले २६५ साता काम गर्दैछ। एक साताको समयलाई अहो के गर्ने भन्ने अवस्था होइन, , मन्त्री वाग्लेले भने ।


