काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनको लागि उम्मेद्वारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । यही २९ र ३० गते हुने ६० औं वार्षिक साधारण सभाबाट निर्वाचित गर्नुपर्ने कार्यकारिणी समितिको निर्वाचनको लागि उम्मेद्वाहरुको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।
उक्त सूची अनुरुप जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया, कल्पना गैरे, कृष्ण प्रसाद शर्मा, दिलसुन्दर श्रेष्ठ र सन्जिव बहादुर कोईरालले उम्मेदवारी दर्ता गराएका छन् । डालमीया झापा उद्योग वाणिज्य संघ, गैरे दार्चुला उद्योग वाणिज्य संघ, शर्मा सिद्धार्थ उद्योग वाणिज्य संघ, श्रेष्ठ धुलिखेल उद्योग वाणिज्य संघ र कोइराल पोखरा उद्योग वाणिज्य संघकोतर्फबाट मनोनयन दर्ता गरेका हुन् ।
वस्तुगत समूहतर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र शिव प्रसाद घिमिरले उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठ नेपाल निर्यात परिषद र घिमिरे नेपाल एलपि ग्यास उद्योगतर्फबाट मनोनयन दर्ता गराएका हुन् ।
एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ सुब्बा र प्रवल जंग पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । श्रेष्ठ सयपत्री (मेरिगोल्ड) ज्वेर्लस र पाण्डे लोमस फर्मास्यूटिकल प्रा.लितर्फबाट मनोनयन दर्ता गराएका हुन् ।
त्यस्तै जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ खुल्ला सदस्यतर्फ निर्वाचित हुने १२ पदका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला नगर उद्योग वाणिज्य संघ दिपक नेपाल पाँचथर (उद्योग वाणिज्य संघ), राजु न्यौपाने (विर्तामोड उद्योग वाणिज्य संघ ) शंकर गिरी रत्ननगर (उद्योग वाणिज्य संघ) , प्रयास कार्की (उदयपुर उद्योग वाणिज्य संघ), गोकुल श्रेष्ठ (दमक उद्योग वाणिज्य संघ), विष्णु प्रसाद थपथिया (धादिङ उद्योग वाणिज्य संघ) र अर्जुन कुमार श्रेष्ठ (सिन्धुली उद्योग वाणिज्य संघ) उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ खुल्ला सदस्यतर्फ तारा बहादुर कार्की (नुवाकेट उद्योग वाणिज्य संघ), सुर्दशन कार्की जिरी (उद्योग वािणज्य संघ), लक्ष्मण राज पौडेल (कोहलपुर उद्योग वाणिज्य संघ), ललितमान बुढा (डोल्पा उद्योग वाणिज्य संघ), सुष्मा महरा श्रेष्ठ (नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं), उज्जवल प्रसाद कसजु (रामपुर उद्योग वाणिज्य संघ), केशव प्रसाद भण्डारी (नवलपरासी उद्योग वाणिज्य संघ), जित बहादुर कार्की (गौरादह उद्योग वाणिज्य संघ), युवराज भण्डारी (बाग्लुङ उद्योग वाणिज्य संघ), छत्रधर आत्रेय लेखनाथ (उद्योग वाणिज्य संघ), हरिप्रसाद अर्याल (बुटवल उद्योग वाणिज्य संघ), दयाराम श्रेष्ठ (ललितपुर उद्योग वाणिज्य संघ), शिव प्रसाद मानन्धर (भक्तपुर उद्योग वाणिज्य संघ), मञ्जु कुमार श्रेष्ठ (धुलिखेल उद्योग वाणिज्य संघ), मोहन प्रसाद श्रेष्ठ (पाल्पा उद्योग वाणिज्य संघ), सन्तोष खड्का (टिकापुर उद्योग वाणिज्य संघ) र डासु राज पोखरेल (नवलपुर उद्योग वाणिज्य संघ ) उम्मेदवारी दर्ता गराएका हुन् ।
जिल्ला नगर उद्योग वाणिज्य संघ महिलातर्फ दुई पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला नगर उद्योग वाणिज्य संघ महिलातर्फ गीता अमात्य (नुवाकेट उद्योग वाणिज्य संघ) ,शनी मैया धौवन्जा (भक्तपुर उद्योग वाणिज्य संघ) र हिरा भट्टराई (पोखरा उद्योग वाणिज्य संघ) उम्मेदवारी दर्ता गराएका हुन् ।
जिल्ला नगर उद्योग वाणिज्य समूह सदस्यमा १४ पदका लागि प्रत्येक प्रदेशबाट दुई पदका लागि २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कोशीमा ईश्वर लाल चिपालु (इलाम उद्योग वाणिज्य संघ), जिवन पराजुली (उद्योग वाणिज्य संघ इटहरी ), वीरेन्द्र कुमार शाह ( उद्योग वाणिज्य संघ इनरुवा ) र रमेश विश्वकर्मा (त्रियुगा उद्योग वाणिज्य संघ) उम्मेदवारी दर्ता गराएका हुन् ।
मधेशमाअमर नाथ शाह (सिरहा उद्योग वाणिज्य संघ), विकास कुमार सारडा (जिल्ला उद्योग वाणिज्य संघ सिराहा, लहान), बिरेन्द्र प्रसाद शाह (उद्योग वाणिज्य संघ, सर्लाही, मलंगवा ), हरि प्रसाद गौतम (वीरगञ्ज उद्योग वाणिज्य संघ) र मोहन प्रसाद शर्मा (जितपुर सिमरा नगर उद्योग वाणिज्य संघ) उम्मेदवारी दर्ता गराएका हुन् ।
बाग्मतीमा कुमार खनाल (उद्योग वाणिज्य संघ, खैरहनी ), प्रकाश मानन्धर (काभ्र उद्योग वाणिज्य संघ), राज कुमार न्यौपाने (रसुवा उद्योग वाणिज्य संघ), रामेश्वर मानन्धर (दोलखा उद्योग वाणिज्य संघ) र सविन श्रेष्ठ (ललितपुर उद्योग वाणिज्य संघ) उम्मेदवारी दर्ता गराएका हुन् ।
गण्डकीमा चेतनारायण श्रेष्ठ (बालिङगु उद्योग वाणिज्य संघ), प्रविन्द्र कुमार श्रेष्ठ (तनहुँ उद्योग वाणिज्य संघ), सुविन श्रेष्ठ (म्याग्दी उद्योग वाणिज्य संघ), ओम प्रसाद पौडेल (कृष्ण) (मध्यविन्दु उद्योग वाणिज्य संघ) र धर्मराज बस्याल (देवचुली उद्योग वाणिज्य संघ) ले उम्मेदवारी दर्ता गराएका हुन् ।
लुम्बीनीमा टंक बहादुर धामी (नेपालगञ्ज उद्योग वाणिज्य संघ), बाल कृष्ण सुवेदी (रोल्पा उद्योग वाणिज्य संघ) र यज्ञ प्रसाद भट्टराई (कपिलवस्तु उद्योग वाणिज्य संघ) ले उम्मेदवारी दर्ता गराएका हुन् ।
कर्णालीमा पदम बहादुर शाही (सुर्खेत उद्योग वाणिज्य संघ), पूरिचन्द्र देवकोटा (जुम्ला उद्योग वाणिज्य संघ) र शान्ति प्रसाद शर्मा (दैलेख उद्योग वाणिज्य संघ) ले उम्मेदवारी दर्ता गराएका हुन् ।
सुदुरपश्चिममा दानबहादुर सुर्मेली (बझाङ उद्योग वाणिज्य संघ), पदमराज चौलागाई (लम्कीचुहा उद्योग वाणिज्य संघ), पिताम्बर जोशी (कञ्चनपुर उद्योग वाणिज्य संघ) र शंकर बहादुर बोगटी (कैलाली उद्योग वाणिज्य संघ)ले उम्मेदवारी दर्ता गराएका हुन् ।
वस्तुगत संघ सदस्यतर्फ १३ पदका लागि २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रघुनन्दन मारु (नेपाल सिमेन्ट उत्पादक संघ), विप्लव अधिकारी (नेपाल औषधी उत्पादक संघ ), निराजन बहादुर चलाउने (नेपाल संगित उद्योग संघ ), सुरज बन्जाडे (फुटवयेर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल), सुवोध कुमार गुप्ता (नेपाल चामल, तेल, दाल उद्योग संघ), भक्ति बहादुर हमाल (रसायन तथा मेडिकल आपूर्ति संघ) , पशुपती देव पाण्डे (नेपाल तयारी पोशाक उद्योग संघ), राजेन्द्र संग्रौला (नेपाल फ्रेट फर्वाडर एशोसिएशन ), कृष्ण श्रेष्ठ (नेपाल कागज उद्योग संघ), दुर्गा प्रसाद सुवेदी (नेपाल कुरियर सेवा संघ), सागर ढकाल (स्टक ब्रोकर एसोसिएसन अफ नेपाल) , हरिबहादुर कार्की (नेपाल निर्यात परिषद् ) र लिलेन्द्र प्रसाद प्रधान (नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन ) ले उम्मेदवारी दर्ता गराएका हुन् ।
बिदुर धमला (नेपाल जग्गा तथा आवास विकास संघ ), ध्रव बहादुर गौतम ( नेपाल बोटल वाटर उद्योग संघ), राजेश भक्त श्रेष्ठ (फ्लोरिकल्चर एसोसिएसन नेपाल), धन प्रसाद लामिछाने (नेपाल पश्मिना उद्योग संघ), एव बहादुर मगर (नेपाल बायोग्यास प्रर्वदन संघ), बसन्तचन्द्र मरहठा (नेपाल बिउ व्यवसायी संघ), राज कुमार कार्की (राजु) (नेपाल कुचो संघ), होम प्रसाद घिमिरे (नेपाल प्लाइउड उत्पादक संघ), धर्म राज सापकोटा (नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ), रविन पुरी (नेपाल दाना उद्योग संघ), अरनिको राजभण्डारी (नेपाल आईसक्रिम उद्योग व्यवसाय संघ), संघर्ष विष्ट (रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल), नानिराज घिमिरे (नेपाल चलचित्र निर्माता संघ ) र प्रल्हाद दाहाल (नेपाल डेरी एसोसिएसन) ले उम्मेदवारी दर्ता गराएका हुन् ।
महासंघ महिलासदस्यतर्फ एक पदका लागि ले उम्मेदवारी दर्ता गराएका हुन् ।कमला श्रेष्ठ (सौन्दर्यकला व्यवसायी संघ, नेपाल) र सुनिता न्हेम्हफुकी (नेपाल कृषि मेशिनरी व्यवसायी संघ) ले उम्मेदवारी दर्ता गराएका हुन्
वस्तुगत महासंघ सदस्यतर्फ दुई पदका लागि चार जनाले उम्मेदवारी दिएका छन् । कृष्ण प्रसाद अवाल (नेपाल ईटा उद्योग महासंघ), विश्वनाथ खनाल (ढुवानी व्यवसायी महासंघ, नेपाल), सुनैना घिमिरे (कम्प्युटर एसोसिएसन नेपाल महासंघ) र सुधिर पराजुली (नेपाल केवल टेलिभिजन महासंघ)ले उम्मेदवारी दर्ता गराएका हुन् ।
एसोसिएट सदस्य १९ पदका लागि ३४ जनाले उम्मेदवारी दिएका छन् । शैलेन्द्र गुरागाई (समृद्धि इनर्जी प्रा।लि) जश श्रेष्ठ ( जे। ए ग्रुप प्रा।लि), सुनिल नारायण श्रेष्ठ (नारायण इण्डष्ट्रिज प्रा।लि), देशबन्धु बस्नेत (ए।वि। इन्भेस्टमेन्ट होल्डिङ्स प्रा।लि), अविनाश बोहरा (एभरेष्ट सोलभेन्ट होल्डिङ्स प्रा।लि), सदीप अग्रवाल (ग्लोबल इम्पेक्स प्रा।लि) , बलराम सापकोटा (भेगास सिटी इन्भेस्टमेन्ट प्रा।लि) , डा. राम शरण थपलिया (सफिसियन्ट कन्सल्टेन्सी प्रा।लि), राजकुमार तिमिल्सिना ( भिजन सेक्युरिटिज प्रा।लि) , बटु लामिछाने (अर्विट इनर्जी प्रा।लि) , अम्विका शर्मा लामिछाने (आशा इन्भेष्टमेन्ट प्रा।लि) , राजाराम श्रेष्ठ (नेक्स्ट होल्डिङ्स लि), भरत रानाभाट (कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटी प्रा।लि), गोपाल खनाल (नेपाल मेगा कलेज एण्ड रिसर्च सेन्टर प्रा।लि), सुयस प्याकुरेल (एम एम पोलिमर्स प्रा।लि) र हेमन्त गोल्छा (हुलास रेमिटेन्स प्रा।लि) ले उम्मेदवारी दर्ता गराएका हुन् ।
डोल प्रसाद अधिकारी (ए.जि.हेल्थ इण्डष्ट्रिज प्रा।लि), रामशरण भण्डारी (हस्पिटल फर एडभान्स्ड् मेडिसिन एण्ड सर्जनरी लि), शक्ति कुमार वेगानी (गणपती ज्वेलर्स नेपाल प्रा.लि), राजेश कुमार अग्रवाल (अर्घाखाँची सिमेन्ट लिमिटेड ), प्रियराज रेग्मी (क्रिष्टल कन्चजनजंघा सेक्युरिटिज प्रा.लि) , कृष्ण लाल महर्जन (क्लासिक डायमण्ड ज्वेलर्स प्रा।लि) , ऋषि अग्रवाल (यती पोलिकेम प्रा.लि ), सचिन ढकाल (आइ।एम।ई। ग्रुप प्रा।लि), अम्बिका प्रसाद पौडेले (स्टाई टर्च इन्भेस्टमेन्ट एण्ड कन्सल्टेन्सी प्रा।लि), इश्वर बहादुर जिसी (एच.डि. इण्डष्ट्रिज प्रा।लि), शुसिल थापा (साहस उर्जा लिमिटेड ), दिवश न्यौपाने (सर्वोत्तम सिमेन्ट लि), सुरज उप्रेती (एस।आर। फुड्स प्रा।लि) , बाबु काजी कार्की (बढुानिलकण्ठ हेरिटेज लि), चन्द्र प्रसाद ढकाल (एम।एम।ई कन्सट्रक्सन प्रा।लि) , इ.विनोद ढकाल (सम्पदा गार्डेन होटल प्रा.लि) र अनुपम राठी (मारुती सिमेन्टस् लि) ले उम्मेदवारी दर्ता गराएका हुन् ।
एसोसिएट महिलातर्फ दुई पदका लागि चारजनाले उम्मेदवारी दर्ता गराएका छन् । अभिज्ञा मल्ल (बुकिङ वेज नेपाल प्रा।लि), जमुना पौडेल (सन फिटिङ प्रा।लि), जुना माथेमा (सेवा सेक्युरेटिज प्रा।लि) र शोभा ज्ञवाली (ग्रिन हिल सिटी) ले उम्मेदवारी दर्ता गराएका हुन् ।
द्धिराष्ट्रिय उवासंघतर्फ एक पदका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोज पौडेल (नेपाल मलेसिया उद्योग वाणिज्य संघ) र सन्तोष चन्द कुँवर (नेपाल जर्मन उद्योग वाणिज्य संघ) ले उम्मेदवारी दर्ता गराएका हुन् ।
संस्थापक सदस्यतर्फ दुई पदका लागि तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । सुमन कुमार श्रेष्ठ (चितवन उद्योग वाणिज्य संघ) , गोपाल श्रेष्ठ ( सुनसरी उद्योग वाणिज्य संघ इलाम) र टिकाराज ढकाल ( झापा उद्योगसंघ ) ले उम्मेदवारी दर्ता गराएका हुन् ।


