काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनको लागि उम्मेद्वारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । यही २९ र ३० गते हुने ६० औं वार्षिक साधारण सभाबाट निर्वाचित गर्नुपर्ने कार्यकारिणी समितिको निर्वाचनको लागि उम्मेद्वाहरुको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।
वस्तुगत महासंघ सदस्यतर्फ दुई पदका लागि चार जनाले उम्मेदवारी दिएका छन् । कृष्ण प्रसाद अवाल (नेपाल ईटा उद्योग महासंघ), विश्वनाथ खनाल (ढुवानी व्यवसायी महासंघ, नेपाल), सुनैना घिमिरे (कम्प्युटर एसोसिएसन नेपाल महासंघ) र सुधिर पराजुली (नेपाल केवल टेलिभिजन महासंघ) ले उम्मेदवारी दर्ता गराएका हुन् ।


