CLI

समस्याग्रस्त सहकारी व्यवस्थापन र ऐन सुधारमा छलफल

काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा आज संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२(१) बमोजिम गठित विषयगत समिति (सहकारी) को पाँचौँ बैठक सुरु भएको छ।

बैठकमा मुख्य रूपमा समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन, बचतकर्ताको बचत फिर्ता सुनिश्चित गर्ने उपाय, र सहकारी ऐनमा आवश्यक सुधारका विषयमा छलफल भइरहेको छ । मन्त्रालयका अधिकारीहरूले बैठकलाई सहकारी क्षेत्रमा पारदर्शिता र दक्षता बढाउने अवसरको रूपमा हेरिरहेका छन्।

Leave Your Comment

Related News