RE
Global College

४८.७१ अंकले बढ्यो नेप्से,नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार

काठमाडौं । बिहीबार नेप्से परिसूचक ४८.७१ अंकले बढेको छ । बजार २८५१.२४ विन्दुमा पुगेर बन्द भएको छ । ३३८ वटा कम्पनीको १ लख ८ हजार ८६९ पटक्को कारोबारमा २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर कारोबार भएको छ । कारोबार रक भने ९ अर्ब ९१ करोड २१ लाख रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम १ अर्ब ६० करोड ३ लाख रुपैयाँले बढी हो । बुधबार कारोबार रकम ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँ  थियो ।

सेन्सेटिभ इण्डेक्स ४.६४ अकं बढेको छ भने फ्लोट इण्डेक्स ३.०२ अंकले बढेको छ र सेन्सेटिभ फ्लोट डण्डेक्स १.६९ अंक बढेको छ ।

यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ १.२४ प्रतिशतले,विकास बैंक ०.७८, वित्त १.४७, होटल्स तथा पर्यटन समूह २.३९, जलविद्युत २.७०, लगानी १.००, जीवन बीमा ०.९९, उत्पादन र प्रशोधन २.५८, लघुवित्त १.२०, म्युअुचल फण्ड ०.१३ निर्जीवन बीमा १.००, अन्य समूह ३.४३ र व्यापार समूह ०.६२ प्रतिशतले बढेका छन्।

यस दिन, ८ वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर १० प्रतिशतले बढेको  हो। त्यस्तै, यस दिन हिम स्टार उर्जा कम्पनीको सेयरमूल्य ९.६४ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ७.५३ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, डी पावर कम्पनीको ४१ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच  भएको छ भने हिमालयन रि इन्स्योरेन्सको ३९ करोड ८६ लाख  रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

 

NECO

Leave Your Comment

Related News