CLI

१३.४५ अंकले घट्यो नेप्से

काठमाडौं । शुक्रबार नेप्से परिसूचक १३.४५ अंकले घटेको छ । बजार २८३७.७७ विन्दुमा पुगेर बन्द भएको छ । ३३५ वटा कम्पनीको ९७ हजार ४८० पटक्को कारोबारमा २ करोड १० लाख ८७ हजार ६२८ कित्ता सेयर कारोबार भएको छ । कारोबार रक भने ८ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा कारोबार रकम ९१ करोड ८९ लाख रुपैयाँले कम हो ।

सेन्सेटिभ इण्डेक्स ३.३९ अकं बढेको छ भने फ्लोट इण्डेक्स १.२६ अंकले बढेको छ र सेन्सेटिभ फ्लोट डण्डेक्स १.२६ अंक घटेको छ ।

यस ११ दिन सबै उप समूह घटेका भने २ वटा बढेका छन् । बैंकिङ ०.७४ प्रतिशतले,विकास बैंक ०.६७, वित्त ०.६०, होटल्स तथा पर्यटन समूह ०.४४, , लगानी १.१२, जीवन बीमा ०.७१, लघुवित्त ०.७३, म्युअुचल फण्ड ०.४९ निर्जीवन बीमा ०.४७, अन्य समूह १.३९ र व्यापार समूह १.०६ प्रतिशतले घटेका छन्  जलविद्युत २.७० र  उत्पादन र प्रशोधन २.५८ प्रतिशतले बढेका छन्।

Leave Your Comment

Related News