काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको ८ दिनमै सबै संसदीय समिति गठन भएको छ । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय विषयगत समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहन्छन् । ती समिति यसअघि नै गठन भइसकेका छन् ।
प्रतिनिधिसभा अन्तर्गत १० वटा विषय समिति रहन्छन् । बाँकी दुई वटा संयुक्त समिति रहेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा यी सबै समिति गठनको प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको छ । संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वय अनुगमन तथा मूल्यांकन समिति पनि आजै प्रतिनिधिसभामा प्रस्तुत भएको हो । उक्त समितिका सदस्यहरूको नाम पनि सभाबाट स्वीकृत भएको छ ।


