CLI

आइपीएलमा आज २ खेल हुँदै

काठमाडौं ।आज  इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत दुईवटा  खेलहरू हुँदैछन्। पहिलो खेल दिउँसो ३:४५ बजे लखनउको एकना क्रिकेट स्टेडियममा घरेलु टोली लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स बीच हुनेछ, जहाँ लखनउ आफ्नो जितको लयलाई कायम राख्न चाहन्छ।

त्यस्तै, आजको दोस्रो खेल बेलुका ७:४५ बजे मुम्बईको वानखेडे स्टेडियममा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरु बीच हुनेछ। यो खेललाई विशेष गरी रोहित शर्मा र विराट कोहली जस्ता दिग्गज खेलाडीहरूको भिडन्तका रूपमा हेरिएको छ, र दुवै टोलीका लागि अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्न यो खेल जितन निकै महत्वपूर्ण छ ।

 

Leave Your Comment

Related News