CLI

पाकिस्तानले साउदी अरेबियामा १३ हजार सेना र लडाकु विमान पठायो

काठमाडौं ।  पाकिस्तानले साउदी अरेबियामा आफ्नो लडाकु विमान र सैन्य बल पठाएको छ । गत वर्ष हस्ताक्षर गरिएको संयुक्त रणनीतिक रक्षा सम्झौताको एक भागको रूपमा लगभग १३ हजार सैनिक र १० देखि १८ जेट विमानहरू सम्मिलित पाकिस्तानी सैन्य दल साउदी अरेबिया पुगेको साउदीले शनिबार (अप्रिल ११, २०२६) घोषणा गरेको छ।

यो कदम दुई देशबीच २०२५ मा भएको म्युचअल डिफेन्स पार्ट अन्तर्गत गरिएको हो, जस अनुसार कुनै एक देशमाथि आक्रमण भएमा अर्को देशले सहयोग गर्ने व्यवस्था छ। यो घटनाले मध्यपूर्वको सुरक्षा अवस्था अझ जटिल बन्दै गएको संकेत गर्दछ।

अन्तराष्ट्रिय सञ्चारमध्येमहरुका अनुसार इरानसँगको तनाव र ऊर्जा संरचनामा भएको आक्रमणपछि साउदी अरेबियाले आफ्नो सुरक्षा मजबुत बनाउन सहयोग मागेको हो। पाकिस्तानले पठाएको सैन्य बल प्रतिरक्षा उद्देश्यका लागि मात्र भएको बताइएको छ, आक्रमणका लागि होइन । यसले क्षेत्रीय स्थिरता कायम राख्ने उद्देश्य देखाउँछ।

पाकिस्तान र साउदी अरेबियाबीच लामो समयदेखि सैन्य र आर्थिक सम्बन्ध रहँदै आएको छ। साउदी अरेबियाले पाकिस्तानलाई आर्थिक संकटको समयमा सहयोग गर्दै आएको छ भने पाकिस्तानले साउदीलाई सैन्य प्रशिक्षण र सुरक्षा सहयोग प्रदान गर्दै आएको छ । यसले दुई देशबीचको सम्बन्ध केवल कूटनीतिक मात्र नभई रणनीतिक पनि रहेको देखाउँछ।

विश्लेषण गर्दा यो घटनाले मध्यपूर्वमा सुरक्षा तनाव बढ्दै गएको स्पष्ट हुन्छ । इरान–साउदी तनाव, ऊर्जा केन्द्रहरूमा आक्रमण, र क्षेत्रीय प्रतिस्पर्धाले गर्दा देशहरू आफ्नो रक्षा नीति अझ कडा बनाइरहेका छन्। यस्तो अवस्थामा सैन्य गठबन्धन (defence alliance) हरू अझ बलियो बन्दै जान्छन्।

आर्थिक दृष्टिले हेर्दा यस्तो घटनाले विश्व बजारमा पनि प्रभाव पार्छ । तेलको मूल्यमा उतार–चढाव, लगानीकर्तामा डर र uncertainty, तथा defence sector मा लगानी वृद्धि हुने सम्भावना बढ्छ।  यसले विश्व शेयर बजारमा defence कम्पनीहरूको माग बढाउने सम्भावना पनि देखिन्छ ।

Leave Your Comment

Related News