काठमाडौं ।आजको पहिलो आईपीएल खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरातले १८.४ ओभरमा ३ विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्यो।
गुजरातका ब्याटरहरूले ८ बल बाँकी छँदै टोलीलाई जित दिलाए। खेलमा ४ ओभर बलिङ गर्दै २८ रन खर्चेर ४ विकेट लिएका प्रसिद्ध कृष्णा ‘प्लेयर अफ द म्याच’ चुनिए।


