काठमाडौं । यो वर्षको अन्तिम दिन सोमबार शेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा पुगेर बन्द भएको छ । चार वटै सुचक घटेको अवस्थामा सेन्सेटिभ इन्डेक्स भने १.४९ अंकले घटेर ४७६.६५ विन्दुमा पुगेर बन्द भएको हो ।
सोमबार ३४२ वटा कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता शेयर १ लाख १ हजार बढी पटक किनबेच हुँदा कारोबार रकम ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार पुगेको छ ।
सोमबार सर्वाधिक कमाउनेमा सुपर खुदी हाइड्रोपावर, सुर्यकुण्ड हाइड्रोपावर र होटल फरेष्ट इन र पाल्पा सिमेन्टका लगानीकर्ताहरु रहे । उक्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । सर्वाधिक गुमाउनेमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था,अभियान लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जीका लगानीकर्ताहरु रहे ।
सोमबार १०५ वटा कम्पनीको शेयर मूल्य बढ्दा १५३ वटा कम्पनीको शेयर मूल्य घटेको थियो भने १२ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको थियो । सोमबार ६ वटा समूह बढ्दा ७ वटा समूह घटेको थियो । होटल पर्यटन, जलविद्युत , लगानी , उत्पादन र प्रशोधन, म्युअुचल फण्ड र निर्जीवन बीमा बढ्दा वाणिज्य बैंक, विकसा बैंक, लघुवित्त, व्यापार र अन्य समूह घटेको हो ।


