CLI

च्याम्पियन्स लिग फुटबल : पिएसजी र एट्लेटिको सेमिफाइनलमा

काठमाडौं । च्याम्पियन्स लिग फुटलको सेमिफाइनमा पुग्ने दुई टोलिको टुङ्गो लागेको छ । राती भएको खेलमा जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) र एट्लेटिको म्याड्रिड सेमिफाइनमा पुगेको हुन् । पिएसजीले लिभरपुललाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो भने एट्लेटिको बार्सिलोनासँग २–१ ले पराजित भए पनि समग्रमा विजयी हुँदै अन्तिम चारमा पुगेको हो ।

पिएसजीका लागि उस्मान डेम्बेलेले २ गोल गरेपछि दोस्रो लेगमा जित निकाल्दै समग्रमा ४–० को नतिजासहित उ अन्तिम चारमा प्रवेश गरेको हो । खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको थियो । खेलको सुरुवातमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल हुन सकेन । लिभरपुलले दोस्रो हाफमा लगातार आक्रमण गर्दै खेलमा फर्किने प्रयास गर्‍यो ।

७२औँ मिनेटमा डेम्बेलेले बक्स बाहिरबाट शानदार प्रहार गर्दै पिएसजीलाई अग्रता दिलाए । खेलको अन्तिम समयमा लिभरपुलले बराबरी गोल खोज्ने प्रयास गरे पनि सफल हुन सकेन । उल्टै इन्जुरी समयको पहिलो मिनेटमा ब्राड्ली बारकोलाको क्रसमा डेम्बेलेले अर्को गोल गर्दै पिएसजीको जित पक्का गरे । यो जितसँगै साविक विजेता पिएसजी सहज रूपमा च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

एट्लेटिको म्याड्रिडले दोस्रो लेगमा बार्सिलोनासँग २–१ को हार बेहोरे पनि समग्रमा ३–२ को नतिजा निकाल्दै च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ । म्याड्रिडस्थित मेट्रोपोलिटानो स्टेडियममा भएको दोस्रो लेगमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन प्रयास गरे पनि अन्तिम लक्ष्य पूरा गर्न सकेन ।

पहिलो लेगमा २–० ले पछि परेको बार्सिलोनाले खेलको सुरुवातबाटै दबाब सिर्जना गर्यो । दोस्रो मिनेटमै लामिन यामालले खतरनाक प्रहार गरे। त्यसपछि चौथो मिनेटमा नै यामालले फेरान टोरेसको पासमा दौडँदै पुगेर गोलरक्षक हुआन मुस्सोलाई छलाउँदै गोल गरे र बार्सिलोनालाई खेलमा फर्काए।

२४औँ मिनेटमा टोरेस आफैंले गोल गर्दै नतिजा बराबरीमा ल्याए । ३१औँ मिनेटमा एट्लेटिकोले आफ्नो अवसर सदुपयोग ग¥यो । मार्कोस लोरेन्तेदायाँबाट अघि बढ्दै बल बक्सभित्र पठाए र अडेमोला लुकम्यानले पहिलो टचमै गोल गर्दै एट्लेटिकोको समग्र अग्रता पुनः बढाए ।

Leave Your Comment

Related News