काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा हानेको छ ।
मंगलबार निजी निवास र हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा हानेको विभाग स्रोतले जानकारी दिएको छ । छापा हानेसँगै आवश्यक कागजात अनुसन्धान अधिकृतले लिएको विभागका एक अधिकारीले बताए । विभागले अनुसन्धान अधिकृत तोकेको छ उहाँहरुले आवश्यक कगाजात ल्याउनु हन्छ सोही कारणले गर्दा कागजात पनि विभाग आएको हुनसक्ने ती अधिकारीले बताए । थप जानकारीको लागि विभागका उच्च अधिकारीहरुले सार्वजनिक गर्नु भने सँगै विस्तृत जानकारी दिने ती अधिकारीले बताए ।
अधिकारीका अनुसार विभागको टोलीले ललितपुरको सानेपास्थित भट्टको निवास किरणभवन र कार्यालयमा छापा मारी दुवै ठाउँ सिल गरिएको हो ।
विभागका निर्देशक उत्तम कुमार घिमिरेले उक्त घटनाको विषयमा सञ्चारमाध्यममा आए पछि आफूले जानकारी पाएको बताउदै थप विषयको बारेमा अज्ञात रहेको बताए ।
सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक र सुलभ हाल हिरासतमै रहेका छन् ।
भट्टमाथि बीमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरजन्य कार्य गरी आर्जन गरेको सम्पत्ति धितोपत्र बजार ९सेयर बजार० र अन्य क्षेत्रमा लगानी गरी त्यसको अवैध स्रोत लुकाएको, छलेको र स्वरूप बदलेको आरोप छ ।
अदालतको आदेशमा उल्लेख भएअनुसार, भट्टले सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा ९१० का विभिन्न खण्डहरूद्वारा निषेधित कार्य गरेको अभियोगमा अनुसन्धान भइरहेको छ ।
अग्रवालमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ।


