काठमाडौं । मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई एसर ल्यापटप र एप्सन प्रिन्टर खरिदमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार मर्केन्टाइल अफिस सिस्टम प्रा. लि.का कार्यकारी निर्देशक सूरज क्षेत्री र प्रभु बैंकका मार्केटिङ म्यानेजर सबिन शमशेर ज.ब.रा. राणाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि प्रभु बैंकका कर्मचारीले एसर ल्यापटप र एप्सन प्रिन्टर खरिदमा अधिकतम १८ प्रतिशतसम्म छुट पाउनेछन् भने बैंकका ग्राहकले ८ देखि १५ प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्नेछन्। साथै क्रेडिट कार्ड प्रयोगकर्ताले इन्स्टापे मार्फत किस्ताबन्दी सुविधा पनि उपयोग गर्न सक्नेछन्।
नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टरको आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टमले यो छुट सुविधा आफ्ना आउटलेटमार्फत उपलब्ध गराउने जनाएको छ।
प्रभु बैंकले हाल देशभर ३१२ शाखा कार्यालय, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नारासहित सेवा विस्तार गर्दै आएको जनाएको छ।


