CLI

एनआईसी एशिया लघुवित्तको नाफा १० करोड ६९ लाख, रिटेन्ड अर्निङ ऋणात्मक

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१३६.९८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद नाफा १२ लाख ९८ हजार रुपैयाँ मात्र थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी ४९ करोड ५९ लाखबाट बढेर ८५ करोड ४० लाख रुपैयाँ पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।

१ अर्ब ७३ करोड ९४ लाख ४० हजार  रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७९ करोड ९४ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ ३२ करोड ३७ लाख रुपैयाँ ऋणात्मक छ । यस लघुवित्तको प्रतिसेयर आम्दानी ८.२० रुपैयाँ छ । एनपीएल १६.५९ प्रतिशत छ । प्रतिसेयर नेटवर्थ १२७.३५ रुपैयाँ छ ।

Leave Your Comment

Related News