CLI

रास्वपाले टुङग्यायो समिति सभापतिहरु, लेखा समिति प्रतिपक्षलाई दिदाँ दुई समिति संयुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समिति सभापतिहरुको नाम टुङगो लगाएको छ । बिहीबार संघीय संसदीय सचिवालयमा बसेको बैठकले रास्वपाले सार्वजनिक लेखा समिति नेपाली काँग्रेसलाई दिएर अन्य सभापति आफूले राखेको हो ।

संसदीय सुनवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन भने संयुक्त राखिएको छ । सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रदान गरिएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल चयन भएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले ढकाललाई समितिको सभापति चयन गरेको छ । ढकाल २०७९ को निर्वाचनमा यो समितिको सदस्य थिए ।

त्यस बेला नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडालाई समितिको सभापतिको जिम्मेवारी दिएको थियो । पछि विवाद सिर्जना भएपछि उनले राजीनामा दिएका थिए ।

राज्य व्यवस्था तथा सुशासन समितिमा कर्मचारीको कुलिङ पिरियडको विवादका कारण रामहरिले राजीनामा दिएका थिए ।

Leave Your Comment

Related News