CLI

रास्वपाले तोक्यो सांसद र मन्त्रीको मासिक लेबी दर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र उनीहरूका स्वकीयले पार्टीलाई बुझाउनुपर्ने लेबी तोकेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीसहित मन्त्री, सांसद र उनीहरूका स्वकीयको लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

निर्णयअनुसार मन्त्रीहरूले मासिक १८ हजार रुपैयाँ, सांसदहरूले १६ हजार ५०० रुपैयाँ र मन्त्री तथा सांसदका स्वकीय सचिव (पीए)हरूले २ हजार रुपैयाँ लेबी तिर्नुपर्नेछ ।

पार्टीका संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार यो रकम पार्टीको संगठन सुदृढीकरण, चुनावी तयारी तथा अन्य आन्तरिक गतिविधिमा प्रयोग गरिनेछ । रास्वपा हाल संघीय सरकारमा सहभागी छ ।

Leave Your Comment

Related News