CLI

सिटी होटलको लक इन अवधि जेठ ५ गते सकिंदै

काठमाडौं । सिटी होटल लिमिटेडको संस्थापक समूह  तथा कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि आगामी जेठ ५ गते सकिने भएको छ । होटलको कुल २ करोड ७२ लाख ३९ हजार ३२८ कित्ता सेयरको लक–इन अवधि सकिना लागेको हो।

हाल कम्पनीको  संस्थापकहरुको २ करोड ७१ लाख १८ हजार ८०० कित्ता सेयर र कर्मचारीतर्फ १ लाख २० हजार ५२८ कित्ता सेयर लक–इनमा राखिएको छ । यी सेयरहरु लक इन खुले पछि दोस्रो बजारमा कारोबार योग्य हुनेछन् । नेपाल धितोपत्र बोर्डले आइपिओ बाँडफाँड भएको मितिदेखि ३ वर्षसम्म सेयर बिक्रीमा रोक लगाउने व्यवस्था गरेको छ ।

Leave Your Comment

Related News