सेयर बजारमा उछाल : ७० अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार

काठमाडौं । सत्ता परिवर्तन सँगै साताको तेस्रो दिन मंगलबार सेयर बजार अत्याधिक बढेको छ । मंगलबार नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.३३ अंकले बढेर ४०९.५१ बिन्दु पुगेर बन्द भएको छ ।

मंगलबार २३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार ३१५ वटा कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ रहेन पुग्यो ।

मंगलबार समूह उपसूचकहरु मध्ये १२ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी १ वटाको सेयर मूल्य घटेको छ । बैकिङ ३३.७०, विकास बैंक २१९.११, वित्त ४८.४१, होटल र पर्यटन २०१.९६, जलविद्युत १५१.७४, लगानी २.५६, जीवन बीमा ३१८.८५, उत्पादन र प्रशोधन १५०.३२, निर्जीवन बीमा २३८.०६, व्यापार ८७.८३ र अन्य समूह ३५.६९ अंकले बढेको छ । भने म्युअुचल फन्ड ०.०८ अंकले घटेको हो ।

मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा ङादी ग्रुप, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, अपि पावर कम्पनी, जानकी फाइनान्स र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहे । ङादी ग्रुपको २१ करोड ७७ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको १८ करोड २७ लाख रुपैयाँ, अपि पावर कम्पनीको १७ करोड ९३ लाख रुपैयाँ , जानकी फाइनान्सको १७ करोड १७ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १६ करोड ७५ लाख रुपैयाँ कारोबार भयो ।

मंगलबार सबैभन्दा बढी कमाउनेमा सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, आँखु खोला जलद्यिुत कम्पनी र मन्दाकनी हाइड्रोपावर लिमिटेड रहे । उक्त ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेका छ । सबैभन्दा बढी गुमाउनेमा नेपाल इन्भेष्टमेन्ट डिबेन्चर, नेपाल इन्भेष्टमेन्ट ग्रोथ फन्ड, लुम्बिनी विकास बैंक डिबेन्चर,आइसीएफसी फाइनान्स लिमिटेड डिबन्चेर र प्राइम डिबेन्चर रहे । उक्त ५ वटा कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार