काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी पनि १२० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ५ हजार १३०० रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँ थियो ।


