CLI

एनसेलले ल्यायो एसईई विद्यार्थीलक्षित ‘पहिलो सिम’ योजना: निःशुल्क अनलाइन लर्निङ सहित गेमिङ सुविधा

काठमाडौं । एनसेलले(एसईई) दिएर बसेका  विद्यार्थीहरूलाई लक्षित गरी ‘पहिलो सिम’ नामको विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो यपजनमा  विद्यार्थीहरूले कर सहित ५०  रुपैयामा मा प्रिपेड सिम प्राप्त गर्न सक्नेछन्।

यो योजनामा सहभागी विद्यार्थीहरूले आफूले चाहेको मोबाइल नम्बर छनोट गर्ने सुविधा समेत पाउनेछन्। सिम सक्रिय गरेसँगै २ जीबी डाटा, सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने ५० मिनेट टक टाइम उपलब्ध हुने एनसेलले जनाएको छ । यसका साथै यो योजनामा  विद्यार्थीहरूले २८ दिनका लागि ‘मेरो स्कुल’ डिजिटल लर्निङ प्लेटफर्म र गेमिङ प्रिमियर लिग (जीपीएल) मा निःशुल्क पहुँच पाउनेछन्।

एनसेलले ल्याको यो योजनामा  ‘मेरो स्कुल’ प्लेटफर्ममा विभिन्न विषयका पाठ्यक्रमअनुसारका भिडियो सामग्रीहरू उपलब्ध गराएको जनाएको छ । भने जीपीएलमार्फत एचटीएमएलमा आधारित विभिन्न खेलहरू खेल्न सकिन्छ। यसले विद्यार्थीहरूलाई सिकाइसँगै मनोरञ्जनको अवसर पनि प्रदान गर्ने कम्पनीको विश्वास छ।

योजनाअन्तर्गत प्रयोगकर्ताहरूले डिजिटल वालेट ‘खल्ती’ प्रयोग गर्दा डाटा शुल्क नलाग्ने सुविधा पनि पाउनेछन्। साथै, पचास रुपैँया वा सोभन्दा बढीको रिचार्ज गर्दा ७ दिनसम्म मान्य ५०० एमबी बोनस डाटा उपलब्ध हुने जनाइएको छ।

एसईई दिएका विद्यार्थीहरूले देशभरका एनसेल सेन्टरबाट यो सिम सहजै लिन सक्नेछन्। सिम लिनका लागि विद्यार्थीहरूले आफ्नो प्रवेशपत्र तथा अभिभावकको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। आवश्यक प्रमाणीकरणपछि सिम सक्रिय गरिनेछ।

एनसेलले विद्यार्थीहरूलाई सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले ‘पहिलो सिम’ योजनालाई यस वर्ष पनि निरन्तरता दिएको जनाएको छ। कम्पनीका अनुसार यस योजनाले विद्यार्थीहरूलाई परिवार, साथीभाइ र बाहिरी संसारसँग निरन्तर सम्पर्कमा रहन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

 

Leave Your Comment

Related News