काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) नाफा घटेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको विवरण अनुसार बैंकको नाफा घटेको हो ।
उक्त वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा २८.५३ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको खुद नाफा ९० करोड रुपैयाँ थियो भने चालू आवमा बैंकको खुद नाफा घटेर ६४ करोड ३३ लाख रुपैयाँमा खुम्चिएको छ।
बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४९ करोड ५२ लाख रुपैयाँबाट २६.२० प्रतिशतले घटेर १ अर्ब १० करोड ३५ लाख रुपैयाँमा झरेको छ। खुद ब्याज आम्दानी घटेका कारण नाफामा गिरावट आएको हो। आम्दानी घटेसँगै सञ्चालन नाफा पनि १ अर्ब २८ करोड ५० लाख रुपैयाँबाट २८.४२ प्रतिशतले घटेर ९२ करोड २ लाख रुपैयाँ कायम भएको छ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ४२ करोड ५ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ३.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११५.८५ रुपैयाँ रहेको छ।


