CLI

नेपाली विद्यार्थीको विदेश अध्ययन मोह बढ्दो, मासिक करोडौं बाहिरियो 

काठमाडौं । नेपाली विद्यार्थीको विदेश अध्ययन मोहका कारण नेपालबाट विद्यार्थीसँगै बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गएको आठ महिना (साउन फागुन) मा वैदेशिक अध्ययनमा ९३ अर्ब ८९ करोड बराबरको विदेशी मुद्रा बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम करिब ८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको ८ महिनामा वैदेशिक अध्ययनका लागि ८५ अर्ब ८६ करोड बराबरको विदेशी मुद्रा बाहिरिएको थियो ।

विदेशमा अध्ययन सँग सँगै रोजगारी पाइने भएको कारणले गर्दा नेपाली विद्यार्थीहरु विदेश अध्ययनका लागि जाने गरेको जानकारहरु बताउछन् । राम्रो सँग उच्च शिक्षा हासिल गर्छु भन्दा पनि अध्ययन सँग सँगै राम्रो आम्दानी गर्ने उद्देश्यका कारणले गर्दा विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाने गरेको जानकारहरुको भनाई छ । नेपाली विद्यार्थीहरु लाखौं खर्च गरेर अमेरिका र यु्रोप लगायतका विकासित मुलुकमा उच्च शिक्षा अध्ययन गर्न गएका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुरुप हरेक महिना विद्यार्थीहरुले विदेश अध्ययनका लागि खर्च गर्ने रकम समेत बढ्दै गएको छ । विदेश अध्ययनका लागि गरिने खर्च साउनमा १४ अर्ब ३१ करोड , भदौमा १८ अर्ब ४४ करोड , असोजमा १० अर्ब १९ करोड र कार्तिकमा ४८ अर्ब २६ करोड पुगेको छ ।

विदेश अध्ययनका लागि गरिने खर्च मंसिरमा ५६ अर्ब ५२ करोड, पुसमा ६७ अर्ब ४७ करोड, माघमा ७७ अर्ब ५७ करोड र फागुनमा ९७ अर्ब पुगेको छ । विदेश अध्ययनका लागि नेपाली विद्यार्थीले करोडौं खर्च गरिरहेका अवस्थामा नेपालमा अध्ययन गर्न आउने विदेशी भने रहेका छन् । उनीहरुले पनि नेपालमा अध्ययनका लागि खर्च गरेको पाइन्छ । यसअनुसार यस वर्षको ८ महिनमा विदेशी विद्यार्थीले नेपालमा अध्ययनका ल ागि ४ अर्ब १० करोड बराबरको विदेशी मुद्रा खर्च गरेका छन् । जुन नेपाल भित्रिएको विदेशी मुद्रा हो । विदेशी मुद्रा विदेशी विद्यार्थीबाट नेपाल भित्रिदाँ यहाँबाट विदेश जाने विदेशी मुद्रा बढी रहेको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले जानकारी दिए ।

उच्च शिक्षाका लागि विदेश गइसकेपछि आत्मनिर्भर बन्न सकिन्छ भन्ने धाराणाले पनि उनीहरु विद्यार्थी भिसामा बाहिरिने गरेका छन् । नेपालमा स्नातक र स्नातकोत्तर पछि भनेजस्तो जागिर नपाउने भएकोले धेरैजस्तो विद्यार्थी प्लस टु पछि नै विदेश लाग्ने गरेको जानकाहरु बताउछन् ।

१२ कक्षा पढेपछि अधिकांश नेपाली विद्यार्थीहरुको चाहाना नै ’अबरोड स्टडीज’ हुन्छ । यही ट्रेनलाई नै नेपालले सदुपयोग गर्न सके यो ट्रेनलाई सम्पतीको रुपमा विकास गर्न सकिने जानकारहरु बताउछन् । विद्यार्थीहरु विदेशमा पढ्न जान्छ भने त्यो सम्पती हुन सक्छ उसले पढेको कुरालाई नेपालमा नै उपयोग गर्न जानेमा त्यसले ठूलो फाइदा पुग्ने जानकारको भनाई छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालका कुल २१ लाख ९० हजार ५ सय ९२ जनसंख्या विदेशमा नै बसोबास गर्ने गर्दछन् । यी मध्ये अधिकाशं वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश गएका हुन् । विदेश अनुपस्थित जनसंख्या मध्ये पुरुषहरुको जनसंख्या १७ लाख ९९ हजार ६ सय ७५ रहेको छ । महिलाको जनसंख्या ३ लाख ९० हजार ९ सय १७ रहेको छ । अक्सर विदेशमा बसोबास गर्नेहरुको उमेर विष्लेषण गर्दा सबभन्दा बढी २० देखि २४ वर्ष उमेर समुहका पुरुषहरु विदेश गएको देखिन्छ । त्यस्तै महिलाहरुमा पनि सोही उमेर समुहको बढी जनसंख्या विदेश गएको देखिन्छ । नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ ।

 

Leave Your Comment

Related News