काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन्।
सोमबार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश संरचना खारेज गर्नका लागि सरकारलाई दुई तिहाई मत चाहिए आफ्नो पार्टीले साथ दिने बताएका हुन्।
‘ हामीले प्रदेश संरचना खारेज गर्नुपर्छ भनेर संसदमा हिजोको दिनमा भनिसक्यौँ। तपाईंहरुको १८२ सिट आएको छ। प्रदेश संरचना खारेज गर्नुहुन्छ। हिन्दु, बुद्ध, किराँतसहितको सनातन हिन्दु अधिराज्य स्थापना गर्नुहुन्छ। राजासहितको प्रजातन्त्रलाई अवलम्बन गर्नुहुन्छ। नेपालको संविधान संशोधन गर्न तपाईलाई सिट पुगेन भने ५ वटा सिट हामी दिन्छौँ। १८७ सिट पुग्छ, संविधान संशोधन गरौँ भनेर हामीले घोषणा गरिसकेका छौँ, ’ उनले भने ।
सो अवसरमा पार्टीका प्रवक्ता समेत रहेका नेता शाहीले फरक मत राखेका सबै नेता, कार्यकर्तालाई पनि समेटेर अघि बढ्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराए।


