CLI

र्‍यान्समवेयर आक्रमणले डाटा जोखिममा, सावधानी अपनाउन अनुरोध

काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले ‘र्‍यान्समवेयर’ (Ransomware) आक्रमणबाट सुरक्षित रहन आग्रह गर्दै एड्भाइजरी जारी गरेको छ। केन्द्रले सार्वजनिक गरेको सूचनामा र्‍यान्समवेयर एक प्रकारको हानिकारक सफ्टवेयर भएको उल्लेख गरिएको छ, जसले कम्प्युटर, मोबाइल वा अन्य डिभाइसमा रहेका फाइल तथा डाटालाई अनधिकृत रूपमा लक वा इन्क्रिप्ट गर्ने गर्छ। त्यसपछि ती फाइल वा डाटा पुनः प्राप्त गर्न प्रयोगकर्तासँग फिरौती (Ransom) माग गरिने बताइएको छ।

सूचनामा पछिल्लो समय विभिन्न प्रकारका साइबर आक्रमणहरूमध्ये र्‍यान्समवेयर आक्रमण पनि तीव्र रूपमा बढ्दै गएको उल्लेख छ।

Leave Your Comment

Related News