काठमाडौं । यूएईले पहिलो टी-२० खेलमा नेपाललाई ६ विकेटले पराजित गरेको छ।
दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा १२२/८ रन बनाउँदा वर्षा सुरु भएर खेल रोकिएको थियो। त्यसैले खेल डीएलएस मेथर्डअनुसार १० ओभरमा झारिएको थियो ।योसँगै युएईले ७८ रनको लक्ष्य पाएको थियो ।
पछि १० ओभरमा ७८ रनको लक्ष्य पाएको यूएईले ८.५ ओभरमा ४ विकेट गुमाउँदै जित हासिल गर्यो। यूएईको जितमा कप्तान मुहम्मद वासिमले विस्फोटक ब्याटिङ गर्दै १५ बलमा ३३ रन बनाए भने अक्षदीप नाथले १७ रन जोडे। नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्।
यो जितसँगै यूएईले २ खेलको शृङ्खलामा १-० को अग्रता लिएको छ र दोस्रो खेल भोलि सोही मैदानमा हुनेछ।


