CLI

परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायकमन्त्री कपुरबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिला सम्बन्धी सहायकमन्त्री एसपल कपुरबीच आज शिष्टाचार भेटवार्ता भएको छ।

परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत र सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयले जनाएको छ।

सो क्रममा दुई देशबीच व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने र आर्थिक साझेदारीलाई थप प्राथमिकता दिने विषयमा समेत कुराकानी भएको थियो।

Leave Your Comment

Related News