CLI

शुक्रबार पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ  प्रतितोला २ हजार २०० रुपैयाँले घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा झरेको छ । बिहीबार सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँ थियो । चाँदीको भाउ भने ५ हजार २० रुपैयाँ थियो ।

Leave Your Comment

Related News