काठमाडौं । सरकारले तीनकुनेस्थित गैरीगाउँका सुकुमवासी बस्ती हटाउन थालेको छ ।
थापाथलीपछि तीनकुनेस्थित गैरीगाउँका सुकुमवासी बस्ती पनि शनिबार डोजर प्रयोग गरी भत्काउन थालिएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा तीनकुनेस्थित गैरीगाउँका सुकुमवासी बस्ती हटाउन लागिएको हो । यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा थापाथलीस्थित बागमती नदीकिनारमा घरटहरा हटाउन सुरु गरेका थिए। हटाउने क्रम जारी छ।



