CLI

आइपीएलमा आज २ वटा खेल हुँदै

काठमाडौं । आजको आइपिएल २०२६ मा दुईवटा खेलहरू हुँदैछन्। पहिलो खेल दिउँसो ३:४५ बजे चेन्नईको चेपौक मैदानमा सुरु हुनेछ, जहाँ पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा हुनेछ।

पछिल्लो खेलमा मुम्बईलाई फराकिलो अन्तरले हराएको चेन्नई आज पनि आफ्नो जितको लयलाई कायम राख्दै घरेलु मैदानमा दबदबा बनाउन चाहन्छ।

दोस्रो खेल भने साँझ ७:४५ बजे लखनऊको एकना स्टेडियममा लखनऊ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्स बीच हुनेछ। यो खेल एकाना क्रिकेट स्टेडियम बी ग्राउन्ड मा हुने छ ।

Leave Your Comment

Related News