काठमाडौं । ओप्पो ए६एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा उपलब्ध भएको छ । दैनिक प्रयोगलाई लक्षित गर्दै ल्याइएको यो स्मार्टफोनले टिकाउपन, सहज प्रदर्शन र लामो समय टिक्ने ब्याट्री क्षमताको सन्तुलित संयोजन प्रदान गर्ने कम्पनीले जनाएको छ ।
भित्री तथा बाहिरी दुवै वातावरणमा सहज रूपमा प्रयोग गर्न मिल्ने व्यावहारिक सुविधाहरू समेटिएकाले यो फोन विभिन्न प्रकारका प्रयोगकर्ताका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ ।
यस डिभाइसमा ६ जीबी ¥याम र १२८ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ भने आइस ब्लु र प्लम पर्पल गरी दुई भिन्न रंगहरुमा बजारमा आएको छ । ६.७५ इन्चको एचडी प्लस अल्ट्रा ब्राइट डिस्प्लेमा १२० हर्ज रिफ्रेस रेट रहेको छ, जसले स्मूथ र स्पष्ट दृश्य अनुभव प्रदान गर्छ । म्याट फिनिससहितको स्लिक डिजाइनले फोनलाई प्रिमियम लुकका साथै सहज ग्रिप पनि प्रदान गरेको छ ।
ओप्पो ए६एक्स स्न्यापड्रागन ६८५ (६ नानोमिटर) प्रोसेसरबाट सञ्चालित छ, जसले दैनिक रुपमा हुने धेरै कार्य र सामान्य प्रयोगका लागि प्रभावकारी प्रदर्शन दिन्छ । यसमा यूएफएस २.२ स्टोरेज प्रयोग गरिएको छ, जसले डेटा स्थानान्तरण र एप सञ्चालनलाई छिटो बनाउँछ । कलरओएस १५ मा आधारित यो फोनले सहज र प्रयोगकर्ता–मैत्री अनुभव प्रदान गर्छ। यसमा आउटडोर मोड २.०, चोरी सुरक्षा तथा ४८ महिनासम्मको फ्लुएन्सी संरक्षण जस्ता अतिरिक्त सुविधाहरू पनि समावेश छन् ।
फोनमा ६५०० एमएएच् क्षमताको ब्याट्री समावेश गरिएको छ, जसले लामो समयसम्म निरन्तर प्रयोग गर्न सहयोग पु¥याउँछ । यसमा १५ वाट चार्जिङ समर्थनका साथै रिभर्स चार्जिङ सुविधा पनि दिइएको छ, जसमार्फत अन्य उपकरणहरू चार्ज गर्न सकिन्छ ।
यो फोनको सार्वजनिकसँगै ओप्पोले दैनिक जीवनलाई सहज बनाउने व्यावहारिक प्रविधि र विश्वसनीय स्मार्टफोन अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता निरन्तर अघि बढाएको छ ।


