काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ३ लख ५ सय रुपैयाँमा कारोबर भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ थियो ।
यस दिन चाँदी पनि ५० रुपैयाँले बढेको छ ।चाँदी प्रतितोला ५ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ९९५ रुपैयाँ थियो ।


